अस्करमा पहिलोपटक ओटीटी प्लेटफर्मका फिल्म

  • 7
    Shares

लसएन्जल्स(एजेन्सी)– कोरोना महामारीका कारण विश्वभरका सबै मल्टीप्लेक्स तथा थिएटर बन्द छन् । महामारीका कारण फिल्म हलमा कैयौं फिल्मको रिलिज सारिएको छ । त्यहीकारण केही फिल्महरु डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन् । अब विश्वकै प्रतिष्ठित अवार्ड अस्करले पनि डिजिटल प्लेटफर्म अर्थात् ओटीटी प्लेटफर्मममा रिलिज भएका फिल्मलाई स्थान दिने भएको छ ।

पहिलोपटक एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एण्ड साइन्सेजले मनोनयनका लागि यस्ता स्ट्रिमिङ टाइटल्सलाई उत्कृष्ट फिल्ममा सहभागी हुनका लागि अनुमति दिएको हो । तर यी फिल्महरु ओटीटी प्लेटफर्ममा मात्र रिलिज भएको हुनुपर्नेछ । यसअघि उत्कृष्ट फिल्मको विधामा थिएटरमा मात्र रिलिज भएका फिल्महरु हुनुपर्ने सर्त थियो ।

कोरोना महामारीका कारण अस्कर अवार्डको वितरण कार्यक्रम यसअघि नै दुई महिनाका लागि पछाडि धकेलिइसकेको छ । अब यो अवार्ड आगामी वर्षको अप्रिल २५ मा हुनेछ । यसमा जनवरी २०२० देखि फेब्रुअरी २०२१को बीच रिलिज भएको फिल्मले सहभागिता जनाउन पाउनेछन् । यो निर्णयले सबैभन्दा ठूलो फाइदा नेटफ्लिक्सले लिने अनुमान गरिएको छ । किनकी उसको करिब २२ फिल्म अस्करको दौडमा छन् ।

यद्यपि तीन फिल्म यसपटक अस्करका लागि मनोनयनमा पर्ने निश्चित जस्तै मानिएको छ । जसमा अमिनेता गेरी ओल्डमेनको ‘मेक’, जर्ज क्लुनीको ‘द मिडनाइट स्काई’ र एमी एडम्स र ग्लेन क्लोजको फिल्म ‘किलबिली एल्ली’ छन् । अस्कर २०२० मा नेटप्mिलक्स २४ विधाको मनोनयनमा थियो, जसमा दुई अस्कर जितेको थियो ।


  • 7
    Shares