यसरी गरे महराले पत्नी सीताको अन्तिम बिदाई

  • 14
    Shares

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले कोरोना संक्रमणबाट निधन भएकी पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन्।

नेपाली सेनाको शब व्यवस्था टोलीले व्यवस्थापन गर्नु अघि पशुपतिस्थित विद्युतीय शवदाहगृह अगाडी महराले पत्नी सीताको शबमा माला ओढाएका थिए ।

न्यूमोनियाको रोगी रहेकी सीताको दाङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो।

महरा पत्नी सीतालाई अन्तिम बिदाईका लागि महरालगायत छोराहरु र परिवारका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । सेनाले शव व्यवस्थापन गरिसकेपछि महरा परिवार बुधबार नै दाङ जाने र दाङमा नै काजकिरिया गर्ने जनाइएको छ ।

तस्बिरहरूः आस्था केसीको ट्वीटरबाट।


  • 14
    Shares