सरकार तलमाथी हुने कुनै सम्भावना छैनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तलमाथी हुने कुनै सम्भावना नरहेकाले आनन्द भएर काम गर्न आग्रह गरेका छन् । सरकार परिवर्तन गर्नका लागि धेरै कोसिसहरु भईरहेको भन्दै त्यसलाई सफल हुन नदिने पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै भने, ‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भन्ने छ, धेरैले धेरै पटक धेरै प्रकारका कोशिसहरु गरे । भित्र बाहिर अनेक थरीका कोशिशहरु आए ।’

प्रधानमन्त्री ओलीले कोही-कोहीमा देशमा अस्थिरता निम्त्याउने आदात रहेको पनि उल्लेख गरे । उनले भने, ‘एकथरीको यो अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदात छ । एडिक्ट भएका छन् कोही यस्तो एडिक्सनलाई म के भनौं । तर, देशमा स्थिरताका लागि हामी काम गर्छौं ।’

प्रधानमन्त्री ओलीले आफुहरु स्थिरताको पक्षमा रहेको भन्दै देशमा स्थिरता भएमात्रै विकास, जनताको जिवनमा परिवर्तन ल्याउने सकिने बताए । उनले आफ्नो राजिनामाको हल्ला समेत चलाउने गरेको बताए । ‘म यस ठाउँमा आएको मेरा रहरले होइन । जनताको आवश्यकता र समर्थनले हो । यहाँ पु¥याएको जालझेल तिकडमबाट होइन, यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुहोस्’, प्रधानमन्त्री ओलीको निर्देशन थियो ।