चुनाव हारेको खण्डमा सर्वोच्च अदालत जान्छुः डोनल्ड ट्रम्प

एजेन्सी– ५८ औं राष्ट्रपतिको चुनावी दौडमा आफू पराजित भए सर्वोच्च अदालत जाने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चेतावनी दिएका छन्।

ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरी आफूले चुनाव जितिसकेकै ठोकुवा गरेका उनले केही प्रान्तहरूमा डेमोक्रेटिक उम्मेदवार जोए बाइडनले धाँधली गरेको पनि आरोप लगाएका छन्।

त्यस्तो धाँधलीविरुद्ध आफू सर्वोच्च अदालत जाने उनको भनाई थियो। यद्यपि चुनावी परिणाम आउने क्रम जारी छ। हालसम्म बाइडनको अग्रता रहेको फक्स न्युजले जनाएको छ। फक्स न्युजका अनुसार बाइडेनको २३८ इलेक्ट्रोल मत छ भने ट्रम्पको २१३ मात्र छ।