वेब सिरिजमा बेकह्याम परिवार

  • 11
    Shares

लण्डन(एजेन्सी)– मोडल भिक्टोरिया र फूटबलर डेभिड बेकह्यामले एक नयाँ वेब सिरिजमा आफ्नो परिवारको नदेखिएको फुटेजलाई सार्वजनिक गर्नका लागि १ दशमलब ६ करोड पाउण्डको सम्झौता गरेका छन् । स्पाईस गर्लकी पूर्व सदस्यसमेत रहेकी भिक्टोरियाले यो सम्झौता ब्राण्ड बेकह्यामलाई बढावा दिन सहयोग गर्ने दाबी गरेकी छन् ।

समाचार अनुसार बेकह्यामले एक नेटफ्लिक्स शोका लागि विशेष फुटेज साझा गर्दैछन् । जुन फूटबल आइकनको यात्रा र करियरमा ध्यान केन्द्रित गर्ने किसिमको छ । साथै पत्नी भिक्टोरियाका साथ उनको पारिवारिक जीवनका बारेमा पनि फुटेजमा कैयौं कुुरा सार्वजनिक हुनेछन् । भिक्टोरियाले आउन लागेको रियालिटी शोमा परिवारको सहभागिता हुनुलाई सही रहेको बताएकी छन् ।

उनले यो शोमार्फत डेभिड र उनको सम्बन्ध तथा उनका सन्तानका साथ रहेको मजबुत सम्बन्धलाई देखाउन खोजेको दाबी गरेकी छन् । शोमा जन्मदिन र क्रिसमस समारोहको पारिवारिक फुटेज हुनेछ र विश्व व्यापार तथा परिवारका साथ बिताएको समय र डेभिडको वर्तमान अवस्थालाई पनि देखाइनेछ ।


  • 11
    Shares