महरा पत्नी सीताको निधनमा नेकपा अध्यक्ष प्रचण्डको शोक वक्तव्य

  • 15
    Shares

काठमाडौं– बुधबार उपचारका क्रममा नर्भिक अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएकी प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको निधनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शोक वक्तव्य जारी गरेका छन्।

‘पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य तथा हाम्रो पार्टीका नेता कृष्णबहादुर महराकी जीवनसंगीनी कमरेड सीता महराको असामयिक निधनले मर्माहत भएको छु’, उनको शो वक्तव्यमा उल्लेख छ,‘उहाँको नर्भिक हस्पिटलमा आज बिहान ६ः२५ बजे निधन भएको हो । दिवंगत कमरेड सीता महरा विगत लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्थ्यो ।’

असल, सरल, मृदुभाषी, र जनताकाबीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी सीता तत्कालीन नेकपा (माओवादी)द्वारा सञ्चालित १० वर्षे जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गरेको प्रचण्डले स्मरण गरेका छन्।

‘दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’, वक्तव्यमा उल्लेख छ।

पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला कमरेड सीतालाई स्वास्थ्यमा समस्या देखिएपछि १३ कात्तिकदेखि दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते उहाँलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।


  • 15
    Shares