९ वर्षीया बालिकासहित धरानमा दुई संक्रमितको मृत्यु

  • 2
    Shares

सुनसरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

असोज ३० गते कोरोना संक्रमण पुष्टि भए पनि धरानकी महिला कात्तिक ५ गते मात्र उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।

श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको बिहान सवा ३ बजे मृत्यु र बालिकाको बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।


  • 2
    Shares