विश्वभर कोरोनाबाट एकैदिन ८ हजार बढीको मृत्यु, ४ लाख ७९ हजार बढी संक्रमित

काठमाडौं – विश्वभर कोरोनाबाट एकैदिन ८ हजार बढीको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ६४ रहेको छ । जुन संख्या पछिल्लो २ महिना यताकै सबैभन्दा धेरै रहेको जनाइएको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै मानवीय क्षति ब्यहोरेको अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार १ सय ९५ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २ लाख ३८ हजार ६ सय ३५ पुगेको छ । अमेरिकामा हालसम्म ९६ लाख ९० हजार २ सय ९१ जना कोरोना संक्रमित भएका छन् भने ६२ लाख ३२ हजार ८ सय ३३ जना कोरोमुक्त भइसकेका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म १ लाख ६० हजार ५ सय ४८ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाबाट आप्mना नागरिक गुमाउनेको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा हालसम्म ५५ लाख ६७ हजार १ सय २६ जना संक्रमित देखिएका छन् भने ५० लाख २८ हजार २ सय १६ जना कोरोनामुक्त भइसकेका छन् ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म १ लाख २३ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ८३ लाख १२ हजार ९ सय ४७ जना संक्रमित रहेकोमा ७६ लाख ५४ हजार ७ सय ५७ जना कोरोना मुक्त भइसकेका छन् ।

हालसम्म विश्वमा ४ करोड ७८ लाख ३३ हजार ६ सय ६४ जना संक्रमित पुगेका छन् भने १२ लाख १९ लाख ६ सय ८० जनाको मृत्यु भइसकेको छ । विश्वभरमा हालसम्म ३ करोड ४३ लाख ४० हजार ५ सय ७४ जना कोरोनामुक्त भइसकेका छन् भने १ करोड २२ लाख ७३ हजार ४ सय १० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख ७९ हजार ७ सय ८३ नयाँ संक्रमित थपिएका छन् । ती मध्ये सबैभन्दा धेरै अमेरिकामा ९३ हजार १ सय ८० रहेका छन् । पछिल्ला दिनमा अमेरिकामा संक्रमित र मृतक दर बढ्दै गइरहेको छ भने भारतमा भने तुलनात्मक रूपमा केही कम हुँदै गएको छ ।