तलब बुझेर फर्केका प्रधानाध्यापकको हत्या !

कञ्चनपुर — बैतडीको डाडाबाग आधारभुत विद्यालय किमिचोरका प्रधानाध्यापक गोविन्द घरेडी मृत अवस्थामा फेला परेका छन्।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम गोकुलेश्वरमा सडकको नालीमा मंगलबार बिहान प्रधानाध्यापक घरेडीको शव फेला परेको हो।

मृतकको टाउँकोमा धारीलो हतियार प्रहार भएको जस्तो देखिने घाउ र शरीरमा निलडाम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मृतकको साथमा ८६ हजार नगद रुपैँया सहित झोला, मोबाइल लगायतको सामान फेला परेको छ।

सोमबार बिहान शिक्षकहरुको तलबभत्ता भुक्तानी गर्न घरेडी घरबाट गोकुलेश्वर आएका प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै उक्त घटनापछि मृतकका आफन्तले घटनाको सत्य तथ्य पत्ता लगाउन माग गर्दै सडक अवरुद्ध गरेका छन् ।