आमाको गीतमा साम्राज्ञी

  • 215
    Shares

काठमाडौं– अभिनेत्री साम्राज्ञी आरएल शाह पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी छिन । आमा नेहा आरएल शाहको स्वर रहेको ‘तिमी र म’ बोलको गीतमा मोडलको रूपमा देखिएकी हुन । साम्राज्ञीलाई यो गीतमा पुरूष मोडलको रूपमा देबांस राणाले साथ दिएका छन् ।

साम्राज्ञीले आमाले गाएको गीत भएर नभई गीतको मर्म बुझेर र गीत राम्रो लागेर आफूले अभिनय गरेको कुरा बताएकी छिन । गीतको भिडियो बुधवार बोधी एचडी यूटुब च्यानलबाट सार्वजनिक हुँदैछ । बोधी एचडी यूटुब च्यानलका लागि रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको यो भिडियोको निर्देशन विशेषदेव पाण्डेले गरेका छन् । विराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै रहेको छ ।

गायिका नेहाले अब आफू सक्रिय रुपमै गायनमा लाग्ने बताएकी छन् । यस अघि उनले गाएको ‘मेरो मनको सपना’ र ‘फूली फूल्यो’ बोलको गीतले राम्रै प्रशंसा पाएको थियो । नेहाका अनुसार उनले रेकर्ड गरेका झन्डै आधा दर्जन गीतहरु क्रमशः सार्वजनिक हुँदै जानेछन् । उनले भारतीय संगीत गुरूसंग चार बर्ष शास्त्रीय संगीतको प्रशिक्षण लिएकी छन् ।


  • 215
    Shares