प्रतिनिधि सभाका सांसद केसीको निधन

  • 5
    Shares

काठमाडाैं – प्रतिनिधि सभाका सदस्य सुर्य बहादुर केसीको गएराती १०:३० बजे पोखरा ७ स्थित आफ्नै निवासमा निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उनी ६३ वर्षका थिए।

राप्रपाबाट राजनीतिमा प्रवेश गरेका उनी गत निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद भएका थिए।

उनको आजै अन्त्येष्टि गर्ने तयारी छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले केसीको निधनमा दु:ख व्यक्त गरेका छन्। 

केसीको निधनले कांग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी र समाजसेवी गुमाएको महशुस भएको देउवाले बताएका हुन्।

यस्तै केसीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्।


  • 5
    Shares