ईश्वर पोखरेल भन्छन्– पूर्वसमूहसँग मिलेर खेल्दा पार्टी विभाजननजिक

  • 17
    Shares

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल्न खोज्दा पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत गरेका छन् ।

ट्वीटरमार्फत पार्टी विभाजन हुनबाट जोगाउन अपिल गर्दै उनले पूर्वसमूह अर्थात् माधवकुमार नेपाल, झलनाथ खनालमार्फत खेलेर एकताको समझदारी उल्लंघनमा प्रचण्ड अग्रसर देखिएको संकेत गरेका हुन् ।

‘एकताका बेला गरिएको सहमतीविपरित पूर्वसमूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, उनले भनेका छन्,‘त्यस्तो दुर्भाग्य  निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं१ व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं १’


  • 17
    Shares