आमा बनिन् विवाह अभिनेत्री

  • 10
    Shares

मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री अमृता राव पहिलो बच्चाको आमा बनेकी छन् । उनले छोरालाई जन्म दिएकी हुन् । अमृता र उनका पति आरजे अनमोलको तर्फबाट जारी गरिएको विज्ञप्तीमा यो कुरा उल्लेख गरिएको छ । विज्ञप्ती अनुसार बच्चा र आमा स्वस्थ छन् । अमृता र अनमोललाई बधाई र शुभकामनाको ओइरो लागेको छ । सबैजना बच्चाको नाम जान्न र पहिलो तस्बिर हेर्नका लागि उत्साहित छन् ।

अमृताले सन् २०१६ मा अनमोलसँग विवाह गरेकी थिइन् । फिल्म ‘विवाह’बाट चिनिएकी अमृताले ‘इश्क विश्क’ र ‘मे हुँ ना’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । उनी पछिल्लो पटक सन् २०१९ मा राजनीतिक फिल्म ‘ठाकरे’मा देखिएकी थिइन् ।

अमृताले आफ्नो प्रेग्नेन्सीलाई गोप्य नै राखिन् । तर अन्तिम चरणमा उनी बेबी बम्पका साथ सार्वजनिक भइन् । उनको तस्बिर सामाजिक सन्जालमा निकै भाइरल भएको थियो ।


  • 10
    Shares