भोकालाई भोजनमा महानगरको अवरोध, अभियान रोक्न नगर प्रहरी लगायो

  • 28
    Shares

काठमाडौं– खुलामञ्चमा विभिन्न अभियानकर्मीले कोरोना महामारीका कारण भोका रहेका नागरिकलाई खाना खुवाउने काममा काठमाडौं महानगरपालिका अवरोध बनेको छ।

अहिले खुलामञ्चमा खाना खुवाउनुपर्ने आवश्यक केही नभएको भन्दै काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको आदेशमा नगर प्रहरीले खाना खुवाउने अभियानमा रोक लगाएको हो।

नगर प्रहरीका नायव निरिक्षक (सई)को नेतृत्वमा आएको टोलीले निशुल्क खाना वितरण बन्द गराएको हो। सो क्रममा अभियानकर्मीलाई मेयर शाक्यको आदेशअनुसार रोक्न आएको प्रहरीले बताएका छन्।

अभियानकर्मी बद्रीप्रसाद ढुंगानाका अनुसार तीन दिनदेखि यो अभियानमा महानगर अवरोध बनेको छ। महानगरमा फोहोर भएको र निशुल्क खाना खुवाउने भए कुनै पार्टी प्यालेसमा खुवाए हुने भन्ने महानगरको प्रतिक्रिया रहेको विवरणमा उल्लेख छन्।


  • 28
    Shares