प्रस्तावित राजदूत खतिवडालगायतविरुद्धका उजुरीकर्ता सम्पर्कविहीन, अन्य तीन जनाले शपथ लिए


काठमाडौं– सरकारले हालै अमेरिकालगायतका मुलुकका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडासहितविरुद्ध उजुरीकर्ता सम्पर्कविहीनपछि २७ कात्तिकमा सुनुवाई हुने भएको छ।

उजुरी गर्नेहरू सम्पर्कमा नआएपछि सुनुवाईको मिति तोकिएको संसदीय सुनुवाइ समितिले जनाएको छ।

१६ असोजमा मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

यस्तै, नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी)लाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।