चितवनमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

  • 5
    Shares

चितवन – चितवनमा आइतबार मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको जनाइएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको छ ।

भरतपुरका पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार गरिए पनि आइतबार राती उनको मृत्यु भएको थियो ।

यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङकी महिलामा कात्तिक ५ गते कोरोना पुष्टी भएपछि उपचार जारी रहेको थियो । उनको उपचार गर्दागर्दै सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो ।


  • 5
    Shares