सांसद सिलवालको क्षेत्रमा अकास्मात् पुगे प्रधानमन्त्री ओली

  • 711
    Shares

काठमाडौं– प्रतिनिधि सभा सदस्य नवराज सिलवालको क्षेत्रमा आइतबार अकास्मात् प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् ।

ललितपुर गोदावरीमा निर्माणाधीन राष्ट्रीय गौरवको आयोजना तीन हजार सिट क्षमताको सभाहल निरीक्षणका लागि प्रधानमन्त्री ओली अकास्मात् पुगेका हुन् । उनलाई सांसद सिलवालले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीसँगै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए । मन्त्री श्रेष्ठले उक्त कामको प्रगतिका बारेमा प्रधानमन्त्रीलाई सुनाएका थिए ।

आयोजनाको ६५ प्रतिशत काम सकिएको छ । आगामी दुई महिनाभित्र निर्माण सम्पन्न हुनेगरी काम भइरहेको प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।


  • 711
    Shares