तीनकुनेमा अज्ञात पुरुषको शव फेला


काठमाडौं – राजधानीको तिनकुनेस्थित बागमती पुलमुनि एक पुरुषको शव भेटिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार करिब ३०/३२ वर्ष उमेरका जस्ता देखिएको उनको पहिचान भने हुन सकेको छैन ।

घटना र घटनास्थलका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।