ब्रिटेनको लकडाउनमा सर्तसहितको सेक्स

  • 12
    Shares

लण्डन(एजेन्सी)– कोरोनाबाट हुन सक्ने ठूलो क्षतिलाई मध्यनजर गर्दै ब्रिटेनले पुनः राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ । तर यसपटक लकडाउनमा अलग–अलग रहेका प्रेमीप्रेमिकालाई सेक्सका लागि भेट्ने छुट दिइएको छ । तर मानिसलाई सेक्सका लागि एउटा मात्र पार्टनर छनोट गर्न विकल्प दिइएको छ ।

समाचार अनुसार ब्रिटेनको सरकार लकडाउनको समयमा सामाजिक दुरीको परिभाषालाई परिवर्तन गर्ने काम गरिरहेको छ । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले एक महिना लकडाउनको घोषणा गरिसकेका छन् । लकडाउन आइतबारबाट शुरु भएको छ । नयाँ नियम अनुसार कतै जोडीहरु छुट्टिएर बसेका छन् र उनीहरु एकापसमा भेट गर्न चाहन्छन् भने त्यो मामलामा भने छुट दिइएको छ ।

यसअघि ब्रिटेनको प्रहरीले मानिसहरु कहिँकतै कोरोनासँग जोडिएको नियमलाई मिचेर क्रिसमस मनाइरहेको भेटिएमा कारवाही गर्ने जनाइसकेको छ । नयाँ नियम लागेपछि व्यक्तिलाई आफ्नो कुनै पार्टनरको छनोट गर्नुपर्नेछ । जसकारण उसलाई अन्य जहिँ पनि जान सजिलो हुन्छ । तर जो एकल मानिसहरु डेटमा जान चाहन्छन्, उनीहरुलाई भने समस्या हुनेछ ।


  • 12
    Shares