देशभर ४ सय बढी पत्रकार संक्रमित, ४ जनाको मृत्यु

  • 6
    Shares

काठमाडौं – नेपालमा बढ्दै गएको कोरोना भाइरस संक्रमणबाट चार जना पत्रकारको मृत्यु भएको छ भने चार सय भन्दा बढी संक्रमित भइसकेका छन् ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा जारी गरिएको विज्ञप्ति अनुसार हालसम्म नेपालमा उक्त संख्यामा संक्रमित र मृत्यु भएको देखिएको हो ।

उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारमा उचित व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ।

‘मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।


  • 6
    Shares