दश कारणले टुट्यो सलमान र ऐश्वर्याको प्रेम

  • 4
    Shares

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय बलिउडका ती कलाकारमा पर्छन्, जसको प्रेमकथा कहिल्यै पुरा हुन पाएन । फिल्म ‘हम दिल दे चुके सनम’को सेटमा उनीहरुको नजिकपना बढे पनि त्यसपछि मौलाउदै गएको निकटता लामो समय टिक्न सकेन । आज ऐश्वर्याको जन्मदिनमा सलमानसँग ऐश्वर्याको प्रेम सम्बन्ध टुट्ने १० कारण यहाँ प्रस्तुत गरिएको छ ।

शंकालु सलमान

ब्रेकअप पछिको कैयौं अन्तरवार्तामा ऐश्वर्याले आफूलाई सलमानले शंकालु नजरले हेर्ने गरेको बताएकी थिइन् । सलमानलाई ऐश्वर्या आफ्नो फिल्मको को–स्टारसँग डेट गरिरहेको शंका थियो । त्यो शंकाको घेरामा शाहरुख खानदेखि लिएर अभिषेक बच्चनसम्म परेका थिए ।

ऐश्वर्याको आमाबाबुसँग सलमानको गलत व्यवहार

सलमानले ऐश्वर्याका आमाबाबुसँग गलत व्यवहार गरेका थिए । ऐश्वर्याका आमाबाबुले आफ्नो घरमा आउन सलमानलाई रोक लगाएका थिए । त्यसपछि सलमानले ऐश्वर्याका आमाबाबुलाई आफूले मनपराएकी केटीलाई भेट्नका लागि कसैले रोक्न नसक्ने भन्दै धम्क्याएका थिए । तर यो कुरा ऐश्वर्यालाई रुचीकर भएन ।

ऐश्वर्याको घरमा सलमानको ताण्डव

सन् २००१ मा सलमान खानले मदिराको सुरमा ऐश्वर्याको घरबाहिर ताण्डव मच्चाएका थिए । सलमानले पटक–पटक भन्दा पनि ऐश्वर्याले ढोका नखोलेपछि उनले ढोका ढकढक्याउन थालेका थिए । हातमा चोट लागेपछि मात्र ऐश्वर्याले सलमानलाई घरमा प्रवेश दिएका थिए ।

सोमी अली कारक

ऐश्वर्याका अनुसार सलमान लुकीछिपी आफ्नो पूर्व प्रेमिका सोमी अलीलाई सहयोग गर्दथे । सलमानले ऐश्वर्यालाई केही नभनीकन सोमीका पिताको उपचार गराएका थिए । सलमान सोमीलाई सहयोग गर्नकै लागि अमेरिकासम्म पुगेका थिए । यो कुरा थाहा पाएपछि ऐश्वर्या सलमानसँग रिसले चुर भएकी थिइन् ।

सलमानको मदिरा लतबाट हैरान ऐश्वर्या

सलमान एकताका खुबै मदिरा लिन्थे । सलमान मदिराको तालमा प्रायः ऐश्वर्यासँग नराम्रो व्यवहार गर्थे । जुन कुरा ऐश्वर्यालाई पटक्कै मनपरेको थिएन । त्यहीकारण पनि उनले सलमानसँगको सम्बन्ध तोड्ने निर्णय लिइन् ।

सलमानले ठोकाएका थिए ऐश्वर्याको कार

समाचार अनुसार सलमानले ऐश्वर्याको फिल्म ‘कुछ न कहो’को सेटमा बबण्डर मच्चाएका थिए । फिल्ममा ऐश्वर्याका साथ अभिषेक बच्चनको पनि अभिनय थियो । सलमान यो फिल्मको सुटिङ सेटमा आएर ऐश्वर्याको कारलाई ठक्कर दिएका थिए ।

ऐश्वर्यामाथि सलमानको झापड

ऐश्वर्याका अनुसार सलमान प्रायः आवेगमा ऐश्वर्यामाथि हात उठाउथे । सलमानसँग झगडा भएपछि ऐश्वर्या आफूलाई केही नभएको जस्तो देखाउथिइन् । सलमानको आवेगलाई नजिकबाट देखिसकेकी ऐश्वर्याले त्यहीकारण सलमानको फोन पनि उठाउन छोडेकी थिइन् ।

सलमानको एकतर्फी प्रेम

सलमान ऐश्वर्यालाई खुबै माया गर्थे । तर ऐश्वर्या भने सलमानको प्रेम प्रति खासै गम्भीर थिइनन् । त्यहीकारण ऐश्वर्याले कहिल्यै पनि सलमानको प्रेमलाई स्वीकारिनन् । यहीकारण पनि सलमानको रिसको पारोले शिखर चुम्थ्यो ।

मिडियाका अगाडि प्रेमप्रस्ताव

ऐश्वर्याको घर बाहिर हंगामा गरेपछि सलमानले आफूले ऐश्वर्यालाई धेरै माया गर्ने बताएका थिए । कुनै सम्बन्धमा झगडा भएन भने एउटा साँचो सम्बन्ध रहँदैन भन्ने सलमानको बुझाई थियो । ऐश्वर्यासँगको सम्बन्धकै कारण झगडा हुने गरेको सलमानले बताएका थिए । यो कुराले ऐश्वर्यालाई झन दुःखी बनाएका थियो ।

ब्रेकअपपछि पनि उदण्ड सलमान

ऐश्वर्यासँगको प्रेम सम्बन्ध टुटेपछि पनि सलमान सामान्य बन्न सकेनन् । यहीकारण सलमानको विवेक ओबरोयसँग पनि झगडा भयो । जसकारण विवेक र ऐश्वर्या पनि अलग्गिए ।


  • 4
    Shares