फ्रान्समा शृंखलाबद्ध आक्रमण जारी, अतिरिक्त सुरक्षाबल परिचालन

  •  
  •  
  •  
  •  
  • 35
  •  
    35
    Shares

काठमाडौं – फ्रान्समा एक पादरीमाथि गोली आक्रमण भएको छ । एक व्यक्ति फ्रान्सको लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार गरी भागेको जनाइएको छ ।  प्रत्यक्षदर्शीले दिएको हुलियाको आधारमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई सटगनसहित पक्राउ गरेको छ ।

फ्रान्स सरकारले यस आक्रमणपछि अतिरिक्त सुरक्षा बललाई सार्वजनिक स्थानहरुमा परिचालित गरेको छ ।

मिडिया रिपोर्टका अनुसार चर्च बन्द गर्ने बेलामा स्थानीय समयअनुसार साँझ करिब चार बजे पादरीमाथि गोली प्रहार भएको थियो । उनको पेटमा दुईवटा गोली लागेको छ । उनलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

स्थानीय प्रशासनले भने पादरीको हत्या प्रयास भएको भन्दै अनुसन्धान सुरु गरेको छ ।

यसअघि दक्षिणी फ्रान्सको निस शहरको एक चर्चमा चक्कु आक्रमण हुँदा तीन जनाको मृत्यु भएको थियो । यस्तै राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको थियो ।

फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोले यी आक्रमणहरुलाई ‘इस्लामिक आतंकवादी हमला’ भनेका छन् ।


  •  
  •  
  •  
  •  
  • 35
  •  
    35
    Shares