जेम्स बोण्ड अभिनेता कोनरीको निधन

  • 4
    Shares

लसएन्जल्स(एजेन्सी)– हलिउडको चर्चित सिरिज ‘जेम्स बोण्ड’को सात वटा सिरिजमा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता सर सिन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ । स्कटिस यी अभिनेताले स्पाई थ्रिलर फ्लेभरको बोण्डको लगातार सात सिरिजमा प्रमुख भूमिका निभाएका थिए ।

बहमासमा रहेको घरमा उनले गए राती अन्तिम सास फेरेका थिए । केही समयदेखि उनी अस्वस्थ रहँदै आएका थिए । अभिनयमा दशकौं बिताएका उनले एक अस्कर, दुई बाफ्टा र तीन गोल्डेन ग्लोब्स अवार्ड जितेका थिए ।

उनले अभिनय गरेका अन्य फिल्ममा ‘द हण्ट फर रेड अक्टोबर’, ‘इण्डियाना जोनस लास्ट क्रसेड’ रहेको छ । जेम्स बोण्डको सात सिरिजमा लगातार अभिनय गरेका कारण उनी एकताका सिरिजकै उत्कृष्ट अभिनेताका रुपमा घोषित भएका थिए ।  उनले गत अगष्टमा आफ्नो ९० औं जन्मदिन मनाएका थिए ।


  • 4
    Shares