मिल्यो खेम सेन्चुरी र मधु क्षेत्रीबीचको गीत विवाद

  • 9
    Shares

काठमाडौं – तीजगीत सोचे झैं जीन्दगी रैनछ भन्ने गीतलाई लिएर विगत एक महिनादेखि देखिएको विवाद अन्त्य भएको छ ।

सर्र्जक खेम सेञ्चुरी र गीतकी निमात्री मधु क्षेत्रीबीच सो गीतको विषयलाई लिएर विवाद भएको थियो । दुवैजनाबीच गीतबाट आउने रकमलाई लिएर विवाद सिर्जना भएको मिडियामा बाहिरिएको थियो । दुवैले आ–आफ्नो तर्क गर्दै आएका थिए ।

लोक दोहोरी प्रतिष्ठानको संयोजनकारी भूमिकामा सो विवाद समाधान भएको लोक दोहोरी प्रतिष्ठानका पूर्वअध्यक्ष एवं कलाकार बद्री पंगेनीले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

पंगेनीले सेञ्चुरी र क्षेत्रीबीच ासै ठूलो समस्या भएको बताउँदै फेसबुकमा लेखेका छन्, सोचेझैँ जिन्दगी रैनछ, झगडा खास ठूलो हैनछ

कलाकार खेम सेन्चुरी र मधु क्षेत्री बिचको विवाद समाधान भएको छ, धन्यवाद सम्पुर्णमा। लेखेका छन् । यसबाट उनीहरुको  अहिलेसम्म देखिएको विवाद समाधान भएको जनाइएको छ ।


  • 9
    Shares