अभिनेत्री काजलले कसिन् लगनगाँठो

  • 10
    Shares

मुम्बई(एजेन्सी) – दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालले व्यापारी गौतम किचलसँग लगनगाँठो कसेकी छन् । दुवैले शुक्रबार मुम्बईको ताज महल प्यालेसमा एकअर्कालाई जीवनसाथी बनाए । दुवैको विवाहका तस्बिरहरु अहिले सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । काजलको इन्स्टाग्राम पेजबाट विवाहका तस्बिरहरु फ्यानले भटाभट शेयर गरिरहेका छन् ।

ती तस्बिरमा विवाह भन्दा अघि काजलको तयारीदेखि लिएर स्वयम्बर र सात फेराको तस्बिर छन् । कोरोना महामारीका कारण धेरै मानिसहरुको उपस्थित हुन नसके पनि काजलले आफ्ना नजिकका व्यक्तिहरुलाई मात्र बोलाएकी थिइन् । सार्वजनिक तस्बिरमा अधिकांशले काजलको रुप र उनको पहिरनको प्रशंसा गरेका छन् ।

काजलको विवाह पछि उनका फ्यान तथा फिल्महस्तीहरुले बधाई दिइरहेका छन् । काजलले गत अक्टोबर ६ मा व्यापारी गौतम किचलुसँग आफ्नो विवाह हुन लागेको घोषणा गरेकी थिइन् । उनले घोषणामा विवाह पछि पनि फिल्ममा सक्रिय रहने बताएकी थिइन् ।

काजलका पति गौतम एक उद्यमी हुन् र उनी इन्टेरियर डिजाइन कलाका शौखिन हुन् । उनी इन्टेरियर डेकोरेशनको वेबसाइट चलाउछन् ।


  • 10
    Shares