अमेरिकामा एकै दिन १ लाख बढी थपिएसँगै ९३ लाख बढी संक्रमित, २ लाख ३५ हजारको मृत्यु

  • 3
    Shares

काठमाडौं – अमेरिकामा मात्र पछिल्लो २४ घन्टामा १ लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख १ हजार ३ सय ५८ जना संक्रमित थपिएसँगै हालसम्म ९३ लाख १६ हजार १ सय ९४ पुगेका छन् ।

त्यस्तै ९ सय ५८ जना मृतक थपिएको अमेरिकामा हालसम्म २ लाख ३५ हजार १ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर ४ करोड ५८ लाख ९२ हजार १ सय ६७ संक्रमित पुगेकोमा सबैभन्दा बढी अमेरिकामा नै रहेका छन् । त्यस्तै विश्वभर ११ लाख ९३ हजार २ सय १४ जनाले ज्यान गुमाएकोमा अमेरिकामा नै सबैभन्दा धेरैको मृत्यु भएको छ ।

संक्रमितको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा भन्दा करिब १२ लाखले बढी संक्रमित देखिएको अमेरिकामा कोरोनाबाट निको हुनेको संख्या भने भारतमा भन्दा १४ लाख कमी रहेको छ ।

अमेरिकामा हालसम्म ६० लाख मानिस कोरोनामुक्त भइसकेका छन् भने ३० लाख भन्दा बढी अहिलेपनि सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा पछिल्ला दिनमा संक्रमितको संख्या एक्कासी बढ्दो रहेको छ ।


  • 3
    Shares