‘मैले गीत नगाउदा शाहरुख लुंगी डान्समा आए’

  •  
  •  
  •  
  •  
  •  
  • 14
  •  
    14
    Shares

मुम्बई(एजेन्सी)– बलिउडका प्रख्यात गायक अभिजीत भट्टाचार्यको स्वरको जादू भलै आज फिल्मी पर्दामा सुनिँदैन । तर उनी संगीत उद्योगका केही सदाबहार गायकमध्ये एक हुन् । यद्यपि वर्तमान अवस्थामा अभिजीत गायकीका लागि कम र विवादका लागि बढी चिनिन्छन् । तर पनि उनी एक समय सुपरस्टारको आवाज थिए भन्नेमा दुई मत छैन । उनी आज आफ्नो जन्मदिन मनाउदैछन् ।

अभिजीतलाई एउटा के घमण्ड छ भने उनी आफ्नो आवाजका कारण कलाकारहरु स्टार भएको मान्छन् । एक समय यस्तो थियो कि अभिनेता शाहरुख खानको आवाज अभिजीतको हुने गर्दथ्यो । शाहरुखका हरेक फिल्ममा अभिजीत गीत गाउँथे । त्यहीकारण शाहरुख दर्शकको वाहवाही बटुल्थे । तर गायनमा वाहवाही आउनु उद्योगकै लागि एउटा समस्या पनि बन्ने गरेको छ । अभिजीतको जीवनमा पनि यस्तै एक घटना भयो, जसले गर्दा उनले शारुखका लागि गीत नगाउने निर्णय लिए ।

अभिजीत र शाहरुखको एक फिल्मको गीतमा एउटै स्वर देखिएको थियो । अभिजीत शाहरुखको आवाज थिए र उनले गाएका गीत दर्शकले निकै मनपराउथे । अभिजीतका अनुसार शाहरुख रकस्टार रहुन्जेलसम्म उनले गीत गाइरहे, तर उनले लुंगी डान्स गर्न थालेपछि शाहरुखका लागि गाउन छोडिदिए ।

इण्डिया टुडेको इभेन्ट सफाईगिरी समिट र अवार्ड २०१८ मा अभिजीतले सहभागिता जनाएका थिए । यो कार्यक्रममा मध्यस्थकर्ता श्वेता सिंहले अभिजीतलाई ‘शाहरुख खानका लागि किन गीत गाउन छोड्नुभयो ?’ भने सोधेकी थिइन् । ‘मैले आफ्नो आवाजले सुपरस्टार बनाएँ । मैले शाहरुखका लागि गीत गाउदा उनी रकस्टार थिए । मैले गीत नगाउदा शाहरुख लुंगी डान्समा आए ।’

उनले अर्को कारण पनि खुलाए । ‘मैले एउटा सानो कारणले शाहरुखका लागि गीत गाउन छोडें । फिल्म ‘मैं हुँ ना’मा उनले सबैलाई चिनाए । स्पोटब्वाईदेखि लिएर सबैलाई चिनाए । तर गायकगायिकालाई कसैले देखाएनन् । यही कुरा फिल्म ‘ओम शान्ति ओम’मा पनि भयो । कलाकारले धूम ताना गीत गाए । त्यो गीतमा मेरो स्वर थियो । तर यो कुरा कतै देखाइएन । मलाई नरामाइलो लाग्यो । म उनलाई मेरो नाम लेख्न किन भन्नुँ ? मेरा लागि सबै कुरा छन् । फेरी पनि उसलाई किन माग्नुँ भनेर गीत नगाउने निर्णय लिएँ’, उनले भनेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  • 14
  •  
    14
    Shares