बुटवलका थप एक संक्रमितको मृत्यु

  • 2
    Shares

बुटवल – रुपन्देहीको बुटवलस्थित कोरोना अस्थायी विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जनाए ।

उच्च रक्तचाप, मधुमेह र फोक्सोको बिरामी रहेका ती बिरामीलाई अस्पताल भर्ना भएदेखि नै भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा शुक्रबार बिहान मृत्यु भएको जनाइएको छ । नेपाली सेनाले उनको शब व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाइएको छ ।


  • 2
    Shares