भिटेनले प्राइभेट गरे पारा भिडियो

  • 18
    Shares

काठमाडौं– प्रहरी प्रधान कार्यालयले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थाहा पाएपछि र्यापर भिटेन(समीर घिसिङ’ले युट्युबबाट नयाँ गीत ‘पारा’को भिडियो हटाएका छन् । भिडियोमा प्रहरीलाई गालीसँग महिलाहरुलाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कार्यालयले बिहीबार साइबर ब्यूरोलाई पत्र पठाएका थियो ।

युट्युबको ट्रेन्डिङ नम्बर एकमा रहेको यो गीतलाई भिटेनले अहिले प्राइभेट गरेका छन् । भिडियो प्राइभेट गरिएपछि यसलाई एडमिनले मात्र हेर्न मिल्छ ।

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले छाडेका भिटने नसुध्रिएको प्रहरीको बुझाई छ । यसपटक कानुनी कारबाहीको प्रक्रिया बढाइने भएको छ ।


  • 18
    Shares