मोरङका जनप्रतिनिधी जसलाई छिमेकी महिला बलात्कार अभियोगमा प्रहरीले समात्यो

  • 6
    Shares

मोरङ – छिमेकीलाई बलात्कारको आरोपमा मोरङमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । मोरङको रतुवामाई नगरपालिका वडा नं ३ का वडा सदस्य समेत रहेका ३९ वर्षीय विनोद सिंह गनगाईले सोही वडाकी २५ वर्षिय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

गनगाईले कार्तिक ९ गते सोही वडाकी छिमेकी एक महिलालाई धान खेतमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिझुवाका प्रहरी निरिक्षक विष्णु खड्काले बताए।

प्रहरीका अनुसार गनगाईले राती ती महिलालाई करिब ७ः३० बजे खेतमा काम छ भनी बोलाएर धान खेतमा लडाएर कराउन समेत नदिई कपडा खोली जबरजस्ती करणी गरि फरार भएका गनगाईलाई इलाका प्रहरी कार्यालय सिझुवाले सोही रात करिब ११ बजे पक्राउ गरि थप अनुसन्धान खड्काले जनाएका छन् ।


  • 6
    Shares