हिट हुने नाममा ‘प्रहरीमाथि भिटेनको आक्रमण’, साइबर व्युरोले खोजी थाल्यो

  • 90
    Shares

काठमाडौं– प्रहरीको पोशाकको बेइज्जत गरी गीत बनाएको अभियोगमा एक पटक हिरासत बसीसकेका र्यापर भिटेन (समीर घिसिङ)लाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको छ ।

यस पटक प्रहरीमाथि नै र्यापमार्फत आक्रमण गरेका भिटेनको नयाँ गीत ‘पारा’ एक साताअघि युट्युवमा पोस्ट गरेका थिए । जुन भिडिओ अहिले ट्रेन्डिङमा छ ।

भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरोलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले छाडेका भिटने नसुध्रिएको प्रहरीको बुझाई छ । यसपटक कानुनी कारबाहीको प्रक्रिया बढाइने भएको छ ।


  • 90
    Shares