प्रहरीभित्र राजनीति : व्यावसायीक अधिकृतको इमान्दारीताको ‘हत्या’ र ‘कालीदास आचरण’को उपयोग

  • 50
    Shares

समाजका अनेक मानिससँग सबैभन्दा पहिला ठोक्किने राज्यको प्रतिनिधि संस्था हो, प्रहरी। आशा, भरोसा, सुरक्षाको विषय जतिसुकै लुपमा भए पनि मानिसले भन्ने गर्छ– पख तँलाई चौकीमा वा इलाकामा भेटौंला। यसको अर्थ हो– प्रहरी थानामा भेटौंला।

प्रहरी संगठन जनतामाझ सबै भन्दा धेरै जानुपर्ने, जनतासँग भिजेर काम गर्नुपर्ने, जनताका हरेक अप्ठ्यारा र सहज परिस्थितिमा जनतासँगै रहेर जनताको सेवा गर्नुपर्ने परोपकारी उद्देश्यका साथ स्थापना गरिएको संस्था हो।

जनताबाट सबैभन्दा रुचाइएको राज्यको निकाय पनि नेपाल प्रहरी संगठन नै हो। तालिमका क्रममा समेत सबै प्रहरी कर्मचारीलाई राम्रा कुराहरूको बारेमा नै सिकाइन्छ। अहिलेका प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीका अनुसार समाजमा गएपछि समाजको चरित्रले ति प्रहरी कर्मचारीहरूलाई प्रभावित पार्छ अनि प्रहरीबाट समेत गलत कार्यहरू हुन थाल्दछ।

वास्तबमा भन्ने हो भने सामाजिक चरित्रले प्रहरीलाई गलत कार्य गर्न कहिल्यै सिकाउँदैन। प्रहरीलाई गलत कार्यमा लगाउने भ्रष्ट आचरण भएका महत्वाकांक्षी प्रहरी अधिकृतहरू नै हुन्। यी भ्रष्ट अधिकृतहरू यतिसम्म ‘इखालु र बिखालु’ (चलनचल्तीको भाषा) हुन्छन् कि यीनको अहम्मा ठेस लागेको अवस्थामा जतिसुकै राम्रा भए पनि व्यावसायीक अधिकृत जवानहरूलाई नै समाप्त बनाइदिन्छन्।

जागिर  खाने एउटा प्रहरी कर्मचारीलाई समाप्त पार्न मार्नु नै पर्दैन, व्यावसायीक रुपमा प्रतिष्पर्धाबाट सदा–सदाको लागि हटाइदिने हो भने त्यो मृत्यु सरह नै हुन्छ– नैतिकवान र व्यावसायीक अधिकृतहरूका लागि।

आज म त्यस्तै केही अधिकृतहरूको बारेमा व्याख्या गर्ने कोसिस गर्दैछु । यो कसैप्रति नीजि रुपमा लक्षित नभएर प्रहरी संगठनभित्रको आचरणमा को पात्र कसरी उपयोगको शिकार र अन्यायमा समेत परेको छ भन्ने विषयमा बुझ्न आवश्यक छ ।

प्रदिप शमशेर आईजी बने पश्चात् संगठनका लायक अधिकृतहरूलाई नेतृत्वको दौडबाट हटाइदिने प्रयास स्वरुप प्रहरी बरिष्ठ उपरीक्षक पदबाट नायब महानिरिक्षक (डिआईजी) पदमा बढुवा गर्दा केशब बराल चेपुवामा पारिए । राणा खलकको ज्वाँई भएका कृष्ण बस्नेतलाई बढुवा दिएको कुरा त्यो बेलाका सबै अधिकृतहरूलाई थाहा छ। कृष्ण बस्नेत भन्दा हरेक हिसाबले केशब बराल उत्कृष्ट थिए तर मुल्याङ्कनको आधार कार्य सम्पादन र व्यावसायीकता नपरेर ससुराली राणा भएकोले प्राथमिकता पायो। केशब बराल छुटेको त्यो बढुवामा कृष्ण बस्नेतको भाग्य चम्कियो

सबैभन्दा पहिले रत्न शमशेरलाई आईजी पदबाट हटाएपश्चात आईजी बन्नुपर्ने द्वारिकाबहादुर श्रेष्ठको बारेमा । अत्यन्तै खरो, छुच्चो र व्यावसायीक छवि बनाएका द्वारिकाबहादुर श्रेष्ठको घर बिराटनगर कोइराला निवास छेउमा भए पनि उनी गिरिजाबाबु वा कुनै कोइराला परिवारका सदस्यहरूलाई रिझाउन लागेनन्। उनको त्यही स्वभावको फाइदा उठाएर चाकरीमा उस्ताद मोतिलाल बोहोराले रत्न शमशेरलाई आईजी पदबाट हटाएर सुदूरपश्चिमेली हुनुको फाइदा उठाउँदै आईजी बने (यो कुनै क्षेत्र विशेषप्रति लक्षित नभएर सुदूरपश्चिमको विकटताको फाइदा उठाउने काइदाप्रति लक्षित छ)।

द्वारिकाबहादुर श्रेष्ठ जस्ता अधिकृतको त्यो व्यावसायीकताको ‘मृत्यु’ नै थियो। नेपाल प्रहरीमा जागिर खाएर व्यावसायीक काम गर्छु भन्ने अधिकृतहरूले कम्तिमा दुई पटक र बढीमा बारम्बार मर्नुपर्छ।

अच्युतकृष्ण खरेलको व्यावसायीक जीवनको पनि मृत्यु भएकै हो तर उनले घाटमा पुर्याइएको पद अदालत त नयाँ सरकारको बहालीसँगै प्राप्त गरे । पहिलो कार्यकालका अच्युतकृष्ण खरेल वास्तबमै नेपाल प्रहरीका लागि बरदान थिए तर बर्खास्तगीमा परेर पुनरागमन पश्चात् खरेलमा व्यापक परिवर्तन भएको थियो। खरेलले आफ्नो अनुदार स्वरुपको पहिचानलाई स्थापित गराउँदै गए।

दोस्रो कार्यकालमा प्रहरी प्रधान कार्यालय प्रवेश गरेपश्चात उनले छानी–छानी ध्रुवबहादुर प्रधानका नजिकका अधिकृतहरूलाई ठेगान लगाए। त्यही समयाबधिमा खरेलका नीजि सचिव (पिए)का रुपमा काम गरेका उपेन्द्रकान्त अर्यालले सप्तरी सञ्चल प्रहरी कार्यालयका प्रमुख दिलिप श्रेष्ठलाई के हो सर? हाम्रा मानिसलाई लाइसेन्स्मा फेल गराउने? पालो हाम्रो पनि आउँछ भनेर थर्काए पश्चात त्यो बेलाको प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठले आफू बसुन्जेल लाइसेन्सको पैसा लिएनन् अरे भनेर त्यो बेलाका थुप्रै प्रहरीहरूले भन्ने गर्छन्। त्यसपछि कृष्णमोहन श्रेष्ठको पिए भएर बसेकै आधारमा रमेश खरेलको व्याचका केही अधिकृतहरूलाई पदोन्नती दिँदा केदार रिजाल जस्ता सम्भावना बोकेका अधिकृतहरूलाई पछाडि पारिदिए। सशस्त्र प्रहरी गठन गर्दा समेत खरेलले सकेसम्म कृष्ण मोहन श्रेष्ठको ठाउँमा रामकाजी बान्तवालाई बनाउने प्रयास गरेकै थिए। रामकाजी वान्तवा धेरै व्यावसायीक प्रहरी अधिकृत भएता पनि बरिष्ठताको मान्यता भएको त्यो समयमा पहिलो बरिष्ठताका प्रदिप शमशेर र दोस्रो बरियतामा कृष्णमोहन श्रेष्ठ थिए।

प्रदिप शमशेर आईजी बने पश्चात् संगठनका लायक अधिकृतहरूलाई नेतृत्वको दौडबाट हटाइदिने प्रयास स्वरुप प्रहरी बरिष्ठ उपरीक्षक पदबाट नायब महानिरिक्षक (डिआईजी) पदमा बढुवा गर्दा केशब बराल चेपुवामा पारिए । राणा खलकको ज्वाँई भएका कृष्ण बस्नेतलाई बढुवा दिएको कुरा त्यो बेलाका सबै अधिकृतहरूलाई थाहा छ। कृष्ण बस्नेत भन्दा हरेक हिसाबले केशब बराल उत्कृष्ट थिए तर मुल्याङ्कनको आधार कार्य सम्पादन र व्यावसायीकता नपरेर ससुराली राणा भएकोले प्राथमिकता पायो। केशब बराल छुटेको त्यो बढुवामा कृष्ण बस्नेतको भाग्य चम्कियो। त्यसपछि प्रदिप शमशेरले कुनै एक प्रहरी अधिकृतको मात्रै भविष्यसँग खेलेनन् आफ्नो पदाबधि थपाउने स्वार्थ बसिभुत भएर तिन व्याचका प्रहरी अधिकृतहरूको भबिष्यसँग खेलवाड गरिदिए।

राष्ट्रिय अनुसन्धानका अधिकृतहरूलाई रातो कार्पेट बिच्छ्याएर संगठनमा भित्राइदिए, त्यो बेला उनलाई यस्तो नैतिकहीन काम नगर्न र आफ्नो फाइदाको लागि जनयुद्धको मुखमा संगठनका युवा र फिल्डमा खटिएका जुझारु अधिकृतको मनोबल गिराउने कार्य नगर्न खबरदारी गर्ने केबल एक मात्र प्रहरी अधिकृत थिए, तत्कालिन अतिरिक्त महानिरिक्षक (एआईजी) अनन्तराम भट्टराई। अनन्तराम भट्टराई नचाहिँदा राजनीतिक दबाब नटेर्ने प्रहरी अधिकृत थिए।

सरकारमा रहेको दल नेपाली कांग्रेसका नेता हरिबोल भट्टराईका नाता पर्ने अनन्तराम भट्टराईले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले कांग्रेसीकरण गर्न प्रहरीमा भित्राउन लागेका राष्ट्रिय अनुसन्धानका अधिकृतलाई संगठनमा भित्राउनु हुन्न भनेर लिएको अडानको कारण अनन्तराम भट्टराई श्यामभक्त थापा भन्दा उत्कृष्ट अधिकृत भएता पनि संगठन प्रमुख बनाइएनन्। स्मरणीय कुरा के छ भने प्रदिप शमशेर राणा कुनै समयको चर्चित सांसद अपहरण काण्डको समयमा पूर्वक्षेत्रका प्रमुख थिए र उनकै पालोमा तत्कालिन रानी थानामा भएको सुन काण्डको समेत कुनै स्थानमा चर्चा हुनेछ र कतिपय प्रहरी अधिकृतहरूलाई त अझै कण्ठ पनि होला।

जब श्यामभक्त थापा आईजी बनाइए दरबारको रबर स्टाम्प यी मदिराको तालमा डुबेर बस्नेलगायतका अनेक विषयको बखान साध्य छैन । प्रभु शमशेरको चाकरी गरेर हावी भएका कृष्ण बस्नेतलाई एआईजीमा बढुवा गरेर कुमार कोइराला जस्ता अधिकृतलाई संगठनबाट बहिर्गमन गराउने कार्य समेत गरे। त्यो समयमा बढुवा हुँदा कुमार कोइराला र शेरबहादुर शाह बरिष्ठताको आधारमा हुनुपर्नेमा यीनले हुकुमको तामेली गर्ने चक्करमा नेतृत्वलाई नै घाँटी थिच्ने कार्य गरे।

नेपाल प्रहरीमा ३० बर्ष जागिर खाएर अवकाश पश्चात समेत राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाउन सफल हुने कुमार कोइराला बाहेक अन्य कुनै अधिकृत नेपाल प्रहरीमा छैनन्। तर दरबारको आदेश तामेल गर्ने हुक्के भन्दा धेरै हैसियत नभएका यीनलाई व्यावसायीक अधिकृतको कम र दास मनोवृत्तिका अधिकृतको बढि आवश्यकता धेरै थियो। जन आन्दोलन–२ को समयमा तालिमको कारण बाहिर रहेका राजेन्द्रबहादुर सिंहलाई सम्पूर्ण बल प्रयोगको जिम्मेवार बनाएर नेपाल प्रहरीको प्राकृतिक नेतृत्वलाई समाप्त पार्ने भष्मासुर भनेर यीनलाई बुझ्न आवश्यक हुन्छ।

यस पश्चात् ओमविक्रम राणा आईजी बनाइए। ओमविक्रमको पालामा पनि कैयन अधिकृतहरूलाई प्रताडना दिइयो। ओम बिक्रम राणा उपत्यका प्रहरी कार्यालयको प्रमुख भएको बेला उनको कुनै आदेश नमानेका कारण पदोन्नतीको समयमा अशोक सिंहलाई छुटाइदिए। त्यति मात्रै हो र! जनसेवा प्रहरी इकाईमा एक जना थुनुवालाई जनसेवाका ड्युटी अधिकृत सागर राणाले कुटपिट गर्दा ज्यान गयो तर सागर राणालाई जोगाउन नान्तिराज गुरुङ्गलाई निलम्बन गरेर कारबाही गरे। यीनै सागर राणाले कोटेश्वरको प्रमुख हुँदा आफ्नो हतियार हराएको घटनामा समेत सागर रानालाई कुनै कारबाही गरिएन। ओमबिक्रम राणाले बसन्त कुँवरलाई सिट खाली हुँदा हुँदै पनि पदोन्नति नदिएर अबकाश गराए जसको पिडा बसन्त कुँवर अहिलेसम्म आफ्ना लेखहरू मार्फत् गाली गरेरै भन्छन्।

बसन्त कुँवरको के दोष थियो? राजतन्त्रबाट पीडित भएका उनी, राजतन्त्रको अवसानबाट भाग्योदय चिठ्ठा परेका ओम बिक्रम राणा। यसरी आफूलाई मन नपर्ने अधिकृतलाई रेट्ने पद्धतिलाई निरन्तरता दिइयो। अल्पबुद्धिका राणा शक्तिमा बस्न जे पनि गर्ने आदतको कारण सुडान काण्डमा के गर्न हुने के गर्न नहुने कुराहरू समेत छुट्याउन नसक्नेमा दरिन्छन् । आफंै जेल समेत बसे। ओम बिक्रम राणापछि नेपाल प्रहरीमा बनेका हेमबहादुरगुरुङ्को पालामा खासै कुनै बनाउने र बिगार्ने खेल भएन तर सुडान काण्डको हुरीले यीनलाई पनि कारागारको बास गराइदियो।

बिभिन्न खेलहरू खेल्दै, झेल र प्रपञ्च रच्दै कुबेर पछि उपेन्द्रकान्त आईजी बने। यसका अनेक प्रसंग अगाडिका आलेखमा उल्लेख छन् । यीनले दिपक थापालाई सक्न प्रयास गरे, रुगम कुँवरलाई सक्न प्रयास गरे, नेपाल प्रहरीमा जालझेललाई संस्थागत गराए, नवराज सिलवाललाई सिध्याए, यादवराज खनाल, मिलन बस्नेत जस्ता अधिकृतलाई काखमा राखेर घाँटी रेटे, नवराजको रिसले नेपाल प्रहरीको परम्परा विपरित प्राविधिकलाइ निमित्त आईजी बनाउने बाटो खुलाए। कार्य सम्पादन मुल्याङ्कनको दुरुपयोग गरेर मन नपरेका अधिकृतहरूलाई सिध्याउने अनि चाकरी, चाप्लुसी गर्ने अधिकृतहरूलाई हाइजम्प गराउने प्रथाको पुनः सुरुवात गराए

सम्पूर्ण शक्ति लगाएर रविन्द्रप्रताप शाहलाई पन्छाएर रमेश चन्द आइजीपी बने। यीनको खास बिरोधी तत्कालिन नेकपा एमाले नेतृ उर्मिला अर्यालले त यीनलाई के कति कारणले आईजी बनाउनु हुँदैन भनेर हंगामा नै गरेकी थिइन्। यीनको पालामा एउटा बडो गज्जबको काम गरे। प्रहरी सहायक निरीक्षकको भर्ना खुलेको थियो र परिक्षा हुन लागेको थियो। यीनले सुदूरपश्चिम घर भएका सबैलाई भरतपुर तालिम केन्द्रबाट आवेदन दिन लगाए। अन्य तालिम केन्द्रका प्रमुखहरूलाई शारिरिक तन्दुरुस्ति परीक्षामा कसैलाई फूल मार्क ७० या ८० भन्दा बढि नदिनु भन्ने मौखिक निर्देशन दिए, मौखिक निर्देशन कसले नमान्ने। अनि भरतपुरका समादेशकलाई सबैलाई फुलमार्क दिन लगाए। लोकसेवाले लिने भनेको त्यो परीक्षामा लिखितमा सबैको आउने नम्बर लगभग बराबरी नै हुन्छ। तर जसको नम्बर शारिरीक तन्दुरुस्ती परिक्षामा शतप्रतिशत आउँछ मेरिटमा उसैको नम्बर बढी आउने भयो त्यसैले त्यो बेला सुदूरपश्चिमका धेरै आवेदनकर्ताहरू परीक्षामा पास भए। किनकि मेरिटमा उनीहरू अगाडि आए।

यसकारण पनि रमेश चन्दलाई क्षेत्रीयतावादी सोचलाई जगेर्ना गर्ने रणबहादुर चन्द, मोतिलाल बोहोराकै हाराहारिमा राखिन्छ। यीनले राजेन्द्रसिंह भण्डारीको लहैलहैमा लागेर कल्याण तिम्सिनालाई जागिरबाटै बर्खास्त गर्ने समेत तयारि गरेका थिए। यी प्रहरी बरिष्ठ उपरीक्षक र नायब आईजी दर्जामा हुँदा कमाण्ड नगरेका, नीतिगत नेतृत्वको बारेमा नबुझेका कमजोर नेतृत्व क्षमताका व्यक्ति थिए। सायद त्यसैले यीनले राजेन्द्रसिंह भण्डारीको लहैलहैमा लागेर ओमबिक्रम राणालाई जाक्न खोज्दा त्यसैमा आफू पनि जाकिन्छु भन्ने आंकलन गर्न नसकेका कारण कारागारको शोभा बढाउन पुगे। तर जे होस् यीनले त्यो समयमा राजेन्द्रसिंह भण्डारीलाई च्यापेर कपटी उपेन्द्रकान्त अर्यालको सातो पुत्लो र निद्रा हराम भने गराएका थिए।

अचानक सुडान काण्डको आँधी आयो, रमेश चन्दलाई उडायो, रविन्द्रप्रतापलाई चिट्ठा पर्यो, आईजी बने। यीनले आफ्नो कार्यकालमा कसैलाई बिगारेनन्। यी क्षमतावान थिए। यीनले गरेको सबैभन्दा ठूलो भूल भनेकै आबकाश हुने बित्तिकै पाएको समानुपातिक सभासदको पद हो । माओवादीलाई मनभित्रैबाट दुश्मनको कसीमा राखेर सुरक्षा निकायले हेरिरहेको अवधिमा समानुपातिकमा शाहको सभासद बनेपछि नेपाल प्रहरीका अधिकृत र जवानहरूको हृदयमा उनीप्रतिको जुन सम्मान थियो त्यसलाई शुन्यमा झारिदियो। हिजोसम्म अमर प्रहरीको सम्मानमा सलाम गर्न उठेका यीनका हात अमर प्रहरीको आत्माले देख्नेगरी स्खलित भयो। यीनको जागिरे जीवनको सबै भन्दा ठूलो गल्ति नै यहि भयो नत्र नेपाल प्रहरीका विावादरहित आईजी रविन्द्रप्रताप शाह थिए।

रविन्द्रप्रताप नै आईजी हुँदा कुबेरसिंह राना अतिरिक्त आईजी बनेका थिए। बिगतका दिनमा अत्यन्त सालिन कुबेरसिंह रानाले जागिरको अन्तिम समय तिर आएर व्यावसायीकता भन्दा धेरै चाकरीमा बिताए। यीनिविरुद्ध परेको जनकपुरको मुद्दा, मानव अधिकारको हनन्का कारण यीनिमाथि उठेका प्रश्नवाचक चिन्हहरू, अनि उनलाई गुण लगाउने उनकै जातधारी समूहको कुरा कुबेरसिंह रानाले नकार्न सक्दैन थिए। यीनले पनि देवेन्द्र सुबेदी जस्ता काबिल अधिकृतलाई बढुवाबाट बञ्चित गरेर नेतृत्वको दौडबाट निकालिदिए जबकि त्यो बेला बढुवा हुनेहरू नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयहादुर चन्द मध्ये सबैभन्दा अब्बल थिए। देवेन्द्र सुबेदी भिजन भएका, नेतृत्व क्षमता समेत भएका सक्षम अधिकृत थिए तर कुबेरसिंह रानाको कोपभाजनमा परेर यीनको व्यावसायीकता समेत भष्म भयो। कुबेरसिंह राना आफैंमा गलत गर्ने अधिकृत त थिएनन् तर प्रमुख सल्लाहकार बनेका राजेन्द्रसिंह भण्डारिको खेलमा परेर देवेन्द्र बाहिरिए।

बिभिन्न खेलहरू खेल्दै, झेल र प्रपञ्च रच्दै कुबेर पछि उपेन्द्रकान्त आइजी बने। यसका अनेक प्रसंग अगाडिका आलेखमा उल्लेख छन् । यीनले दिपक थापालाई सक्न प्रयास गरे, रुगम कुँवरलाई सक्न प्रयास गरे, नेपाल प्रहरीमा जालझेललाई संस्थागत गराए, नवराज सिलवाललाई सिध्याए, यादवराज खनाल, मिलन बस्नेत जस्ता अधिकृतलाई काखमा राखेर घाँटी रेटे, नवराजको रिसले नेपाल प्रहरीको परम्परा विपरित प्राविधिकलाइ निमित्त आईजी बनाउने बाटो खुलाए। कार्य सम्पादन मुल्याङ्कनको दुरुपयोग गरेर मन नपरेका अधिकृतहरूलाई सिध्याउने अनि चाकरी, चाप्लुसी गर्ने अधिकृतहरूलाई हाइजम्प गराउने प्रथाको पुनः सुरुवात गराए। यीनले दिएका गलत आदेश नमान्ने अधिकृतहरूलाई रेट्ने कार्यको शुभारम्भ गरे, यीनका नजिक मानिएकाहरूले गरेका जतिसुकै ठूला गल्ती भए पनि नजरअन्दाज गर्न सिकाए। एउटा कर्मचारी भएर भर्खरै स्थापित भएको गणतन्त्रमा यीनले आफूपछि उत्तराधिकारिहरूको लावा लस्कर नै बनाए।

गृह मन्त्रीको बारेमा कमेन्ट गर्दै हिड्ने सरकारी कर्मचारी रमेश खरेललाई बिना कुनै कारवाही जोगाए भने चन्द्रकुबेर खापुङ जस्ता काबिल अधिकृतलाई बढुवाबाट बञ्चित गराए। यीनि अहिले आफ्ना मिता उपेन्द्र महतोको सम्पत्ति र आफूले आर्जन गरेर लुकाएको सम्पत्तिको आधारमा अख्तियारको आयुक्त बन्न प्रयासरत छन्। यी शक्ति बिना टिक्नै नसक्ने र शक्तिमा पुग्न र टिकिरहने जे पनि गर्ने मध्येमा पर्छन् ।

अनेक जालझेल, छलछाम गरेर उपेन्द्रले प्रकाशलाइ आईजी बनाउने भूमिका खेले। जयबहादुरको मुख्र्याईको भरपुर सदुपयोग गरेर प्रकाशलाई आइजी बनाइएको थियो। कसरी नबराजलाई रोकेर प्रकाशलाई बनाउने भन्नका लागि जयबहादुर चन्दको उपयोग गरे। यीनले भन्ने कुरो सबै प्रहरी अधिकृतहरूलाई थाहा छ। जयबहादुर चन्द कालिदास भन्दा मुर्ख थिए। किनकि बुद्धि पनि भएको कालिदास जस्तो बिद्वान के मुर्ख हुन सक्ला र भन्ने प्रश्न हामी सबैको मस्तिष्कमा आउँछ। तर टुप्पा तिर बसेर फेद काट्ने कालिदासलाई मुर्ख नभन्नु पनि कसरी? जय बहादुर चन्द भने भस्मासुर प्रबृत्तिको कालिदास परेकोले यीनको मुख्र्याईलाई उपेन्द्र र प्रकाशले सकेसम्म प्रयोग गरे । जुन कुरा जयबहादुर चन्दलाई थाहा नहुन सक्छ।

जयबहादुर चन्दको विगत यति घिनाएको थियो कि त्यति घिनाइसकेको मानिसले आईजी बन्ने सपना नदेखेर बसेको भए हुन्थ्यो नत्र एक पटक विदेश मिसन जान नसकेको जयबहादुर चन्दको यो सम्पन्नता कहाँबाट आयो? अख्तियारले पनि सोच्नुपर्ने हुन्छ। पैसाको लागि जे पनि गर्ने उनको स्वभाव उनीसँग बसेका सबैलाई जानकारी नै छ। कतैबाट कुनै नसोचेको पैसा आयो भने त्यो भगवानको प्रसाद हो भनेर लिने उनको बानी थियो। त्यतिमात्र किन चोरले त पेट पाल्न चोर्छ, तर जयबहादुर चन्दले त चोरलाई पनि चोरेको घटना यीनको घरमा डकैती भए पश्चात जब चोर पत्ता लागे र सामान बरामद भए आफ्नो चोरी भएको भन्दा बढि बहुमुल्य सामान यीनले बुझेर लगेको इतिहास साक्षी छ।

यहि मेसोमा केही कुराहरू गर्नै पर्ने हुन्छ–

निक्कै समय अगाडिको कुरा हो, लहान थानामा कार्यरत प्रहरी निरीक्षक रेवती ढकालले एउटा सवारी ज्यान मुद्दामा चालक बदले किनकि चालकसँग सवारी चालक अनुमतिपत्र थिएन। रातारात नयाँ चालक खडा गरियो त्यसमा रेवतीलाई कारवाही पनि भयो। त्यस्तै इलाका प्रहरी कार्यालय वुटबलका इन्चार्ज प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनिले पनि एउटा सवारी ज्यान मुद्दामा चालक बदले जसबापत यीनले पदक पाए, कारवाही भएन। नवलपरासीको गैडाकोटको एक जना प्रहरी निरीक्षकलाई भर्खरै चालक बदलेको अभियोगमा अख्तियारले मुद्दा चलाएर निज निलम्बनमा छन्।

नवराज सिलवाललाई प्रताडना गर्ने कार्यमा सघाए बापत रमेश थापा र बसन्त रजौरेलाई पुरस्कृत गरे, बिजयराज भट्टलाई पदोन्नती गराए। नवराज सिलवाललाई प्रताडित गरेबापत यीनले १११औं टोलीको बढुवा हुने बेलामा पछिल्लो व्याचका उत्कृष्ट अधिकृतहरू भनेर भुपेन्द्र खत्री, सबिन प्रधान, तारादेवी थापा र बसन्त रजौरेलाई अघिल्लो टोलीसँगै बढुवा दिन इमान्दारिताका साथ लागि परे

एकै किसिमको कसुरमा तीन थरिको कारवाहि? अहिले यी दुबै जना नेपाल प्रहरीका उम्दा अधिकृत हुन्। यीनिहरू बाहेक राम्रो अधिकृत कोही छैन। रेवती ढकाल अहिले महानगरीय प्रहरी कार्यालयको प्रहरीको व्यावसायीक प्रतिबद्धता अनुगमन गर्ने पदमा छन् अनि मुकुन्द मरासिनि निर्मला पन्तको हत्यारालाई पक्राउ गर्छु भन्ने प्रतिबद्धता व्यक्त गरेर कञ्चनपुर प्रहरी प्रमुख भएर गएका छन्।

मरासिनिलाई उनकै व्याचका साथीहरूले समेत बेसिक तालिममा हुँदा क्वाटर मास्टरसँग मिलेर पैसा कमाएको आरोप लगाउँछन्। उनको पैसा लोलुपताको त कुनै तुलना नै हुन सक्दैन भन्ने छ। यो आरोपलाई उनले कसरी चिर्छन्, त्यो उनकै कुरा भयो।

प्रकाश अर्यालले आफ्नो कार्यकालमा धेरै राम्रा अधिकृतहरूलाई बिगारे। हालका आईजीकै व्याचका अधिकृतहरूलाई यीनले पीडित बनाए।

सोधे थाहा हुन्छ–

नवराज सिलवाललाई प्रताडना गर्ने कार्यमा सघाए बापत रमेश थापा र बसन्त रजौरेलाई पुरस्कृत गरे, बिजयराज भट्टलाई पदोन्नती गराए। नवराज सिलवाललाई प्रताडित गरेबापत यीनले १११औं टोलीको बढुवा हुने बेलामा पछिल्लो व्याचका उत्कृष्ट अधिकृतहरू भनेर भुपेन्द्र खत्री, सबिन प्रधान, तारादेवी थापा र बसन्त रजौरेलाई अघिल्लो टोलीसँगै बढुवा दिन इमान्दारिताका साथ लागि परे।

खरेलले बनाएको उपेन्द्र, उपेन्द्रले बनाएको प्रकाशले रमेश खरेललाई बढुवामा पहिलो वरियताबाट दोस्रो वरियतामा झारिदिए, त्यति मात्रले नपुगेर खरेलकै नजिकका यी दुबैलाई पछारेर पुष्कर कार्कीलाई आईजी बनाउन जोडबलले लागि परे। तर प्रकाश त देखाउने दाँत मात्रै थिए खाने दाँत त हात्तिगौंडाको बंगला र मिर्चैयाको आँप बगैचामा टहलिँदैथियो।

प्रकाशपछिको आईजी बन्ने बेला निकै रस्साकस्सि भएको थियो। वरियतामा दोस्रो भए पनि रमेश खरेलको चुनौति सामान्य थिएनन्। नेपाल प्रहरीको इतिहासमा पहिलो पटक त्रिपक्षीय भिडन्त परेको थियो। पुष्कर कुनै शक्ति केन्द्रको आडमा उपेन्द्र, प्रकाश र भुपेन्द्रको योजना बमोजिम अडिग थिए, सर्वेन्द्र शक्तिमा बस्नको लागि जे पनि गर्ने भनेर तयारी अवस्थामा थिए भने रमेश पनि आफ्नो सम्बन्ध र सम्पर्कको सदुपयोग गर्नमा लागेकै थिए। तर बाजी मारे सर्वेन्द्रले। प्रकाश आईजी नियुक्त हुँदा जुन अवस्थामा गुज्रिएको थियो, १ नम्बरको डिआईजी भएका कारण सर्वेन्द्रले बाजी मार्नु अस्वभाविक  पनि थिएन । तर राजनीतिक दबाबको अगाडि लल्याकलुलुक हुने सर्वेन्द्रले धीरज सिंह, उत्तम सुवेदीहरूको व्याचलाई राम्रै उपहार दिए। रमेश बस्नेत, राजीब बस्नेत, राकेश सिंह, अमरेन्द्र सिंह, राजकुमार सिलवाल, सुरेश काफ्ले, बेद बिष्टहरूलाई पाखा लगाइदिए।

(यो आलेखको सर्वाधिकार लेखकमा सुरक्षित छ। प्रहरी संगठनभित्रको अस्वस्थ्य जालोको खुलासाका निम्ति प्रकाशित आलेखमा कसैलाई आक्षेप लगाउने नियत नरहेको लेखकको ठम्याई छ। –सम्पादक)


  • 50
    Shares