आईपीएलमा आरसिबीविरुद्ध जित निकाल्दै मुम्बई प्लेअफ नजिक

  • 2
    Shares

युएई – युएईमा जारी १३ औं संस्करणको आइपीएलको प्लेअफ नजिक पुग्ने पहिलो टिमको टुंगो लागेको छ । आप्mनो १२ औं खेलमा आठौं जित हात पार्दै साविक विजेता मुम्बई इन्डियन्स प्लेअफ नजिक पुगेको हो ।

भारतीय कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटको जित हात पारेको छ । मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहँदै ७९ रनको बनाए ।

यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २र२ विकेट लिएका थिए भने क्रिस मोरिसले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । ४५ बलमा उनले १२ चौका र १ छक्का प्रहार गरे ।

यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । बैंगलोर भने १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ । समान १४ अंकसहित रनरेटका आधारमा दिल्ली क्यापिटल्स आईपीएलको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।


  • 2
    Shares