अब आइतबार र बुधबारमात्र कोभिड ब्रिफिङ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब साताको दुई दिन आइतबार र बुधबारमात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ । यसअघि दैनिक रुपमा ब्रिफिङ गर्दै आएको मन्त्रालयले बुधबार यो निर्णय लिएको हो । दशैंमा केही समय रोकिएको प्रेस ब्रिफिङ बुधबार शुरु भएको थियो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका बताए । उनका अनुसार आइतबार र बुधबारबाहेकका दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ ।