नवलपुरका १६ सहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण

  • 2
    Shares

पोखरा – नवलपुरमा थप १६ जनासहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा १९ जना र चितवनस्थित भरतपुर अस्पताल र चितवन मेडीकल कलेजमा गरिएको परिक्षणमा २३ जना गरी जम्मा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार नवलपुरको गैढाकोट, कावासोती र देवचुली नगरपालिकाका १६ जनामा कोरोना पुष्टी भएको छ । त्यस्तै स्याङ्जामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट र गल्याङमा गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

परीक्षणको क्रममा चापाकोट नगरपालिकामा ७ पुरुष र १ महिला गरी ८ जना र गल्याङ नगरपालिकामा ४ पुरुषहरु गरी कुल १२ जना कोरोना सङ्क्रमित थपिएको शर्माले जानकारी दिए ।

त्यस्तै कास्कीका ७ जना, तनहुँ र गोरखाका ३÷३ जना र मुस्ताङका १ जना गरी जम्मा ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म गण्डकी प्रदेशमा ६ हजार ८ सय ३२ जनामा काेराेना संक्रमण पु्ष्टी भएको छ ।


  • 2
    Shares