आजदेखि तातोपानी नाका खुल्दै

  • 4
    Shares

सिन्धुपाल्चोक – आजदेखि तातोपानी नाका खुल्ने भएको छ । असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन—नेपाल तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने भएको छ।

यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो। त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो।

नाका खोल्ने विषयमा सीमानजिकै आजै बैठक बस्ने पनि जनाइएको छ । आज बस्ने बैठकको छलफलपछि तातोपानी नाकाको स्थलगत अवलोकन समेत गरेर नाका खोल्ने प्रक्रिया अगाडी बढाउने जनाइएको छ ।

नाकामा कोरोना संक्रमणका बारेमा साबधानी अपनाएर र कोरोना संक्रमण रोक्नका लागि अपनाइने उपायको अवलम्बन गर्दै नाका खोल्ने सम्भावना रहेको जनाइएको छ ।


  • 4
    Shares