दशैंको टीकामा खुलेका सेलिब्रेटी

  • 14
    Shares

काठमाडौं–यो वर्षको दशैंको टीका सोमबार सम्पन्न भइसकेको छ । कोरोना कहरको यो समयमा अधिकांशले आफ्नै घरमा दशैंको साइत पारेर टीका लगाए । टीका लगाएपछि उनीहरुले ती तस्बिरलाई सामाजिक सन्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

फेसबुकमा पोस्ट गरिएका तस्बिरहरु हेर्दा उनीहरु निकै प्रफुल्लित देखिएका छन् । कोरोना महामारीका कारण चैतदेखि सबै फिल्म हल बन्द छन् । बीचमा लकडाउन र निषेधाज्ञामा सरकारले केही नियम र मापदण्ड बनाएर प्रायः सबै क्षेत्र खुलाए पनि फिल्म हल अझै खुलाएको छैन ।

जसकारण रिलिज हुन लागेका फिल्महरु रिलिज भएका छैनन् भने लकडाउनका कारण बीचमै छायांकन रोकेका एकाध फिल्महरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुटिङ गरेका छन् । यो महामारी बीचमा अधिकांश अभिनेता तथा अभिनेत्री म्युजिक भिडियोमा नै व्यस्त देखिए ।

बढ्दो व्यस्तताका बीच पनि सुरक्षा मापदण्ड अपनाएर घरमै चाड मनाउदा उनीहरुको खुशी प्रष्ट देख्न सकिन्छ । सुहाना थापा, प्रियंका कार्की, आँचल शर्मा, स्वस्तिमा खड्का, साम्राज्ञी आरएल शाह, नीता ढुंगाना, उपासना सिंह ठकुरी, वर्षा शिवाकोटीलगायतका अभिनेत्रीहरुले निकै उत्साहका साथ दशैं मनाएका छन् ।


  • 14
    Shares