नो टाइम टू डाईको ओटीटी मूल्य ६ सय मिलियन डलर !

  • 40
    Shares

लसएन्जल्स(एजेन्सी)– जेम्स बोण्डका रुपमा डेयिनल क्रेगको अन्तिम फिल्म ‘नो टाइम टू डाई’को रिलिज कहिले हुने भन्ने टुंगो लागिसकेको छैन । त्यहीकारण यो फिल्मका दर्शकका लागि पर्खाइको समय अझैं लामो हुनेमा दुई मत छैन ।

यो फिल्म सन् २०२० को अप्रिलमा रिलिज हुने तयारीमा थियो । तर कोरोना भाइरसको महामारीका कारण लकडाउन लागुभएपछि थिएटर बन्द भए । त्यहीकारण फिल्मको रिलिज रोकिन पुगेको थियो । हालको अवस्थालाई हेर्दा फिल्मको रिलिज अप्रिल २०२१ सम्म सरेको छ । यही बीचमा निर्माताहरु फिल्मको डिजिटल प्लेटफर्ममा रिलिजका लागि प्रयासरत छन् । तर सबै कुरा मिलेको छैन ।

समाचार अनुसार निर्माताहरु फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिजका लागि ६ सय मिलियन डलरको माग गरिरहेका छन् । यती धेरै रकम तिर्नका लागि कुनै पनि ओटीटी प्लेटफर्म तयार छैनन् । त्यहीकारण पनि तत्कालका लागि यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने सम्भावना न्यून छ ।

समाचार अनुसार पछिल्लो दिनमा निर्माताले नेटफ्लिक्स, एपल र अमेजन जस्ता ओटीटी प्लेटफर्मस्सँग कुराकानी गरेका थिए । यसमा एक वर्षको सम्झौताका लागि निर्मातलो ६ सय मिलियन डलरको माग राखेका थिए । कुनै पनि प्लेटफर्म यो मूल्यको आधा रकम पनि तिर्न तयार छैनन् । त्यहीकारण फिल्मको डिजिटल रिलिजको सम्भावना हालका लागि टरेको छ ।

जेम्स बोण्ड सिरिजमा डेनियल क्रेगको यो पाँचौं फिल्म हो । उनले सन् २००६ मा रिलिज ‘कसिनो रोयल’मा पहिलोपटक जेम्स बोण्डको भूमिका निर्वाह गरेका थिए । यसपछि यही भूमिकामा ‘क्वान्टम अफ सोलास (२००८)’, ‘स्काईफल (२०१२) र ‘स्पेक्ट्रर (२०१५)मा देखिए । उनको तेस्रो बोण्ड फिल्म ‘स्काइफल’ले ब्रिटेनमा बक्सअफिसमा सफलताको ठूलो कीर्तिमान कायम गरेको थियो ।

डेनियल जेम्स बोण्डको भूमिकामा यति लोकप्रिय छन् कि उनले ‘नो टाइम टु डाई’मा काम गर्नकै लागि ४ सय ५० करोड रुपैंयाँ पारिश्रमिक लिएका थिए ।


  • 40
    Shares