प्रन्टलाइनरको कथामा निदाउके सपनीमा

  • 112
    Shares

काठमाडौं– कोरोना महामारीबीच फ्रन्टलाईनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेमकथामा आधारित सांगीतिक भिडियो ’निदाउके सपनीमा’ सार्वजनिक भएको छ । भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर रहेको छ । रमेशकुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको संगीत रहेको छ ।

भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको अभिनय रहेको छ । गीतको भिडियोले फ्रन्टलाईनमा रहेर बिरामीको उपचार गर्ने क्रममा आफैँ संक्रमित हुनु परेपछिको अवस्थालाई देखाएको छ । भिडियोमा बिहेपछि पहिलो पटक दशैं मनाउन तयारी गरिरहेको बेला रेश्मालाई कोरोना संक्रमण भएपछि अस्पतालमा नै टिका लगाएको दृश्य तथा उपचारको क्रममा सिसा बाहिरबाट श्रीमती हेरेर रुनु पर्दाको दृश्यहरु मर्मस्पर्शी छन् ।

भिडियोको निर्देशन फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले गरेका छन् । आँशुसेन फिल्मसको प्रस्तुतीमा बनेको गीतका निर्माता प्रितम बिष्ट हुन् । पुरुषोत्तम प्रधानको डिओपी रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिंग छ ।


  • 112
    Shares