देशभर २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा १३८४६ जनाको पीसीआर परिक्षण गरिएको छ । यससँगै हालसम्म नेपालमा १३ लाख ८० हजार ८ सय ६२ पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट गराउने वेबसाइटमा उल्लेख गरिएको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ जना रहेको छ ।

यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ । त्यस्तै गत २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।