सांसद बस्नेतद्वारा शुभकामना व्यक्त

  • 3.9K
    Shares

भक्तपुर – भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य समेत रहेका बस्नेतले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुका लागि विजया दशमीको शुभकामना दिएका हुन् ।

साथै बस्नेतले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दै कोरोनाको कहरकाबीच स्वास्थ्यका मापदण्डको पालना गरी घरमा नै बसी चाडपर्व मनाउन अनुरोध समेत गरेका छन् ।


  • 3.9K
    Shares