पूर्वप्रधानमन्त्री बाबुराम र पूर्वमन्त्री हिसिलामा कोरोना संक्रमण

  • 17
    Shares

काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ ।

डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र पत्नी एवं पूर्वमन्त्री हिसिलामा कोरोना पुष्टी भएको जनाएका छन् ।

भट्टराईले ट्वीटरमा भनेका छन्, ‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं, केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ’ ।

सामान्य ज्वरो आएको लक्षण देखिएपछि भट्टराई दम्पतिको शुक्रबार परिक्षण गरिएको थियो । उनीहरु घरमा नै बसिरहेको जनाइएको छ ।


  • 17
    Shares