प्रधानमन्त्री–रअ प्रमुख गोयल भेट : राष्ट्रिय सुरक्षामा ‘थ्रेट’

  • 83
    Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीचको भेट राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ रहेको विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले टिप्पणी गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै थापाले ‘प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादाको उलंघन र सामान्य त्रुटी मात्रै नभएर राष्ट्रिय सुरक्षामा नै चुनौती’ रहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कूटनीतिक मर्यादाको उल्लंघन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिन नहुने भन्दै थापाको टिप्पणी छ,‘सम्बन्धित मन्त्रालय (परराष्ट्र) र निकाय (राष्ट्रिय अनुसन्धान विभाग) को अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको छ । यसको अनुसन्धान हुनुपर्छ ।’

यस प्रकरणपश्चात् पनि प्रधानमन्त्रीको बचाउमा केही बुद्धिजीविहरूले सामाजिक सञ्जालमा दुई देशबीचको सम्बन्धमा सुधारका लागि यो भेटघाट आवश्यक थियो भनेर बचाउ गरेको देख्दा उदेक लागेको थापाको भनाई छ ।

भारतीय गुप्तरचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल(भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामथ्र्य नराख्ने उल्लेख गरेका उनी जोड्छन्,‘हाम्रो कुटनीतिमा हेक्का राख्नु पर्ने छलफल गर्नुपर्छ भन्नेमात्र होइन, कोसँग कसरी छलफल गर्ने भन्ने पनि हो । सबै राजनीतिक तथा कूटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल–भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता हो ।’


  • 83
    Shares