आलोचना भएपछि प्रधानमन्त्री ओली देशबासीका नाममा सम्बोधन गर्दै

  • 15
    Shares

काठमाडौं– सरकारी निवास बालुवाटारमा भारतीय गुप्तचरी निकाय रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का प्रमुखसँगको भेटका कारण आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो सवा ४ बजे गरिने सम्बोधनमा उनले महामारीकाबीच दशैंको सन्देश दिँदै रअ प्रमुख सामन्त गोयलसँग भेटको विषयलाई पनि स्पष्ट पार्न सक्ने अनुमान गरिएको छ ।

सरकारले कोरोना महामारीमा रहेका जनताको उपचारबाट हात झिकेको भन्ने विषयमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धारणा राख्न सक्ने अनुमान गरिएको छ ।


  • 15
    Shares