एकै फिल्ममा शाहरुखको बाबुछोरा रुप

  • 9
    Shares

मुम्बई(एजेन्सी)– बलिउड किङ खान अर्थात शाहरुख खानका फ्यानका लागि आगामी दुई वर्ष निकै व्यस्तको समय हुनेछ । व्यस्त यसअर्थमा कि यी दुई वर्षमा उनका तीन फिल्म प्रदर्शन हुनेछन् । यी दुई वर्षमा सिद्धार्थ आनन्दको ‘पठान’, राजकुमार हिरानीको फिल्म र एटलीको मसलेदार एक फिल्म प्रदर्शन हुँदैछन् । यी फिल्ममा शाहरुख नै प्रमुख भूमिकामा छन् ।

तीन फिल्ममध्ये लामो समयदेखि चर्चामा रहेको एटलीको फिल्म हो । यो फिल्ममा शाहरुख दोहोरो भूमिकामा देखिँदैछन् । दोहोरो भूमिका पनि बाबु छोराको छ । अर्थात एक शाहरुख बाबु र अर्को शाहरुख छोरा हुनेछन् । जीवनको बारेमा बाबुछोराको अन्तरद्वन्द्वलाई फिल्मले देखाउनेछ । शाहरुखसँग एटलीको एक चरणको मिटिङ पुरा भइसकेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुखले दोहोरो भूमिका निभाउने फिल्मको कथाबस्तु रमेश सिप्पीको फिल्म ‘शक्ति’सँग केही हदसम्म मिल्छ । शाहरुखले सन् १९९८ को फिल्म ‘डुप्लिकेट’ र सन् २००६ को फिल्म ‘डन’मा दोहोरो भूमिका निभाइसकेका छन् । यो प्रोजेक्ट सन् २०२१ को मध्यतिर शुरु हुनेछ । यो भन्दा अघि शाहरुखले ‘पठान’को काम सक्नेछन् ।

सन् २०१८ मा फिल्म ‘फ्यान’को असफलता पछि शाहरुख दुई वर्ष चुप बसे । उनले आफूले त्यो समय परिवारलाई दिएको बताएका थिए । तर विगत आठ महिनादेखि भने उनको नयाँ फिल्मबारे चर्चा शुरु भएको छ ।


  • 9
    Shares