निशब्द…

  •  
  •  
  •  
  •  
  • 40
  •  
    40
    Shares

चौतारीको वरपिपलको जोडीले सहारा खोजेजस्तो । लाग्दछ, उसको प्राण पनि कसैमा निहित रहेको छ । आवश्यकता धर्तिमा कसै न कसैको हुन्छ, त्यही आवश्यकतामा आफनो अस्तित्व रक्षाका अपिल गरेको जस्तो । तर त्यो क्रुरताका कसि चढेर नै छाड्दो रहेछ । अनेकन प्रयासका वावजुद पनि रोकिन नसकिएको त्यो हावाको वेगजस्तै जीवनका पलहरु पनि नरोकिकन अगाडी वढिरहयो । किञ्चित, किन्तु, परन्त कसैको पनि जोड चलेन ।

अस्तित्वरक्षा सवैको चाहना हो, प्रयत्न क्षमता, चेतना र स्तरअनुसार हुन्छ । त्यहि चाहनावमोजिमको जीवन यापनामा प्रकृतिसँग जुध्नु स्वभाविक भएता पनि त्यो वाहेक अन्य सँगको पौठेजोरी भनेको फगत मिथ्या मात्र हो । धर्तिमा अनेकन सजिव प्राणीको अस्तित्वमा मानव पनि एक संख्या हो । तर मानव जातिलाई लाग्ने आफै सर्वश्रेष्ठताको महत्वकांक्षाले जेलिएको परिप्रेक्ष्यमा मानव जाति नै सवैभन्दा दुखी प्राणी हो, धर्तिमा । जुन दुख भोग मानव जाति भन्दा अन्य प्राणी र जातिले वहन गरेको हुदैन ।

भौतिकवादको विस्तार तथा विकासले जीवनयापनमा केहि सहजता थपेता पनि त्यसले नदेखिने दुख पनि थपेको यथार्थतालाई चिन्न सक्दैन, मानव जाति । शव्दको गहनता आफैमा ओझिलो भएता पनि त्यसको कार्यन्वयनको पाटोले त्यसलाई निशव्द वनाईदिएको हुन्छ । जव आफैले आफैलाई चिन्ने र वुझने प्रयत्न गर्न सक्दैन, अर्कालाई उपदेश दिनेहरुको ल्याकत जीवनको परिभाषा वुझने भित्र पर्देन । यहि पेरिफेरिमा जेलिएको संसार हामी अभ्यस्त वन्न र वनाउन लागिरहेका छौ ।

समाज नै यहि तत्व हो, जहाँ सत्यलाई छोप्नका लागी लाखौ प्रयत्न गरिन्छ, जित्नका लागी अनेकौ तिकडम गरिन्छ, सोचको पराकाष्ठले जेलिएको प्रतिविम्व नै समाजको स्वरुप वनिदिन्छ । समाज दोषीको मानव जाति भन्नेमा वहस हैन, निर्णय गरिन्छ, लाग्दछ भगवान नै आएर तथास्तु भन्दैछन, अव्वलताका लागी, प्रचारका लागी गरिने क्रियाले वास्तवकि न्याय दिन सक्दैन भन्ने सोचभएका हरु समाजका अव्वल समाजसेवी गनिन्छन् । समग्रतामा यसलाई नै समाज भनिन्छ । धर्ति जहाँसुकै होस, त्यसको अस्तित्व त्यहाँ रहनेमा निर्भर गर्दछ । कोहि कतै जादैमा कलल्पनिय परिवर्तन सम्भव हुदैन । सोच र चेतनाको तादात्मयता मिल्न नसक्दा देखिने उतारचढाव नै जीवनको पल हो । त्यहि पल नै जीवन हो । कसैमा देखिएको दम्भता भनेको उसको कमजोरी हो । त्यहि कमजोरीलाई शक्ति ठान्नेहरु समाजमा टाठावाठाका रुपमा परिभाषित भएका छन् ।

प्रकृतिको समान्य छठालाई समेत वुझने प्रयत्न गर्ने हो भने जीवनको दैनिकीमा फरकपन पाउन सकिन्छ । अदृश्य रुपमा वहने हावाले पनि आफनो गति र धार परिवर्तन गर्दछ, तर मानव जातिको जीवनको परिभाषा परिवर्तन गर्ने दुस्साहस कसैले गरेन । मानव जाति आफैमा साध्य जस्तो देखिएता पनि यो साध्य होईन, साधन मात्र हो । जुन कुरा आमले वुझन सक्दैन । सोचको विविधताले जीवनको परिभाषा वदल्न प्रयत्न गरेता पनि त्यो सफल हुदैन । किनकी प्रकृतिको त्यो चाह नै अन्तिम हो । हामी त्यसको सहपाठी मात्र हौ । शारिरिक पिडा भन्दा मानसिक पीडाले मानव जातिको जीवनमा गम्भिर असर गरेको हुन्छ, त्यहि मानसिक पीडाले पार्ने प्रभावमा शारिरिक पीडा मुख्य कारक वनिदिन्छ । अनि लाग्दछ, जीवन कर्ममा होईन, भाग्यमा चल्दछ । जन्मेको छेैटौ दिनमा भावीले लेख्ने मसिमा भर पर्दछ, त्यसैमा नै रम्दै व्यतित गर्ने जीवन नै निशब्द हो । जसको धर्तिमा कुनै पनि अर्थ रहदैन । त्यहि अर्थविहिनतामा जीउनेहरुको भीडले अन्यलाई ओझेल पारिदिन्छ ।

समानता समाजका मसला मात्र हुन् । गति र प्रभावमा कुनै पनि पलमा समानता पाउन सकिदैन भने अन्यमा समानता खोज्नु, कमजोर मानसिकताको द्योतक हो । समाज र जीवन व्यक्तिको सोच र क्षमताअनुसार फरक फरक हुन सक्दछ, तर त्यो सोच अडिगतामा निर्भर रहन्छ । यहि अडिगतामा रहन सक्ने ल्याकत राख्यो भने समाज र विश्वको ईतिहास फरक हुन सक्दछ । व्यक्तिमा देखिने चिन्ता, भय, खुशी, उमंग, महत्वकांक्षा र आशा उसको नितान्त उपलव्धता हो । उसको कर्म अनुसार त्यो तत्वहरु उसले ग्रहण गर्ने र नगर्ने व्यक्ति आँफैमा निर्भर रहने गर्दछ । तर त्यो कारक तत्व उसले लिने हिम्मत गर्देन । किनकि सोचको त्यो दरिद्रताले उसलाई गाँजेको हुन्छ, समस्या यहि वाट नै शुरु हुन्छ । कसैको पनि स्वार्थतामा मात्र समाज चल्न सक्दैन भने व्यक्तिमा त्यो आशा विजारोपण हुनु भनेको कमजोरी हो  । प्रकृतिमा समेत अवरोध हुन्छ, हावामा समेत वाधा हुन्छ भने मानव जातिको जीवनमा आईपर्ने समस्या ठुलो कुरो होईन । सृष्टिकर्ताले समेत हार मानेको धर्तिमा सधै जित्न खोज्नु भनेको सवैभन्दा ठुलो भुल हो ।

धर्तिमा रहने वस्तुलाई मात्र होईन, शव्दमा समेत अनुकुलता खोज्नेहरु अनगिन्ति छन् । यहि अनगिन्तीको भीडमा हराउन उद्यत् अस्तित्वरक्षाका लागी प्रयत्नरत रहेता पनि सफलता हात पार्न नसक्ने अवस्था छ । अव शब्द शब्द रहेन, निशब्द वनेका छन् ।


  •  
  •  
  •  
  •  
  • 40
  •  
    40
    Shares