२०७८ को दशैैंमा नाजिरको चिलगाडी

  • 6
    Shares

काठमाडौं– अभिनेता नाजिर हुसेनले आगामी वर्षको दशैंमा ‘चिलगाडी’ कुदाउने भएका छन् । सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्म ‘चिलगाडी’को शुक्रबार फूलपातीको शुभसाइत पारेर औपचारिक रुपमा घोषणा गरिएको छ । फागुनबाट छायांकनमा जाने फिल्म आगामी वर्ष अर्थात् २०७८ को दशैंमा रिलिज हुनेछ ।

सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने फिल्मको लागि केहि हप्ता अघि मुख्य अभिनेतामा नाजिरलाई अनुबन्ध गरिएको थियो । निर्माता सापकोटाका अनुसार नाजिरलाई सुहाउँदो अभिनेत्रीको खोजी भइरहेको छ ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने फिल्मले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ । यम थापाको पटकथा तथा संवाद रहने फिल्मको निर्देशन जनकदिप पराजुलीले गर्नेछन् । फिल्मका लागि प्राविधिकतर्फ छायाकार सागर प्रधानमात्र फाइनल भएका छन् भने अन्य प्राविधिकहरु फाइनल हुन बाँकी छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको फिल्म २०७८ सालको दशैंमा प्रदर्शन हुनेछ ।


  • 6
    Shares