सेनाको फूलपाती बढाइँ सांकेतिक मात्र

  •  
  •  
  •  
  •  
  • 14
  •  
    14
    Shares

काठमाडौं– नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । यस पटक भने सीमित पाहुनालाई बोलाइएको छ ।

कोभिड–१९ का कारण बनेको परिस्थितिका हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने नेपाली सेनाले जनाएको छ ।

अघिल्ला वर्षका बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४–८४ जनाको गुल्मले बढाइँ गरिन्थ्यो । सो संख्या घटाएर सामाजिक दूरीसहित २५–२५ मा झारिएको छ ।

यस पटक सेनासहित पाहुनाको संख्या १०० जनामा सीमित गरिएको छ । हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राइएको छ ।


  •  
  •  
  •  
  •  
  • 14
  •  
    14
    Shares