कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद जोगियो, अविश्वास प्रस्ताव अस्वीकृत

  • 47
    Shares

काठमाडौं– कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । नेकपाभित्रै विवादको कारण बनेको उनीविरुद्धको अविश्वासको प्रस्ताव संसदीय दलको बैठकमा बहुमतले अस्वीकृत भएपछि शाहीको पद जोगिएको हो ।

शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकमा प्रस्ताव अस्वीकृत भएको थियो ।

यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।


  • 47
    Shares