सुनसरी एसपी थापाविरुद्ध अख्तियारमा उजुरी, प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनायो

इटहरी– जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कमल थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

विभिन्न मुद्धामा आर्थिक प्रलोभन राखेको भन्दै एसपी थापाविरुद्ध उजुरी परेपछि अख्तियारले प्रदेश प्रहरी कार्यालयलाई छानबिनका लागि पत्र लेखेको थियो ।

आगुऔषध तथा सुर्तीजन्य पदार्थमा कमिसन मागेको भन्ने एसपीविरुद्धको उजुरी परेको थियो ।

प्रदेश नम्बर एक प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) ईश्वरबाबु कार्कीले एसपी थापामाथि अनुसन्धान गर्न एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएका छन् ।

छानविन समितिका संयोजक एसपी यादवले थापाको बयान लिने काम सकेको छ । समितिले बयानको आधारमा प्रतिवेदन प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने छ ।